बलिवुड अभिनेत्री कंगना रनावतको नयाँ फिल्म सिमरनको ट्रेलर सार्वजनिक भएको छ । आगामी सेप्टेम्बर १५ मा रिलिज हुने ‘सिमरन’ मा कंगनाले एक चोरी गर्ने जुवा खेल्ने आदत भएकी डिभोर्सी महिलाको भुमिकामा अभिनय गरेकी छन् ।
फिल्म अमेरिकामा सुटिंग गरिएको छ भने कंगनालाई फिल्ममा पावरफुल भूमिकामा प्रस्तुत गरिएको छ ।
फिल्मलाई हंसल मेहेताले निर्देशन गरेका छन् भने फिल्मलाई भुषणकुमारले निर्माण गरेका छन् ।