राजतन्त्रको वकालत गर्ने परिवर्तनगामी हुन सक्दैन् : सिटौला

खरीबोट

भद्रपुर । नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले घोषणापत्रबाट राजा हटाउन नसक्ने पार्टीका उम्मेदवार गणतन्त्रको पक्षधर हुन नसक्ने बताएका छन् । 

चुनावी सभाअन्तर्गत झापाको भद्रपुरस्थित सगरमाथा चौकमा आयोजित कोण सभालाई आज सम्बोधन गर्दै नेता सिटौलाले राजतन्त्रको वकालत गर्ने अनि परिवर्तनगामीको प्रतिनिधि हुँ भनी भ्रम छोड्ने गणतन्त्रको पक्षधर हुन नसक्ने विचार व्यक्त गरे । 

नेपाली राजनीतिको परिवर्तनगामी इतिहास बोकेको झापा क्षेत्र नं ३ को माटोले परिवर्तन विरोधीलाई स्वीकार नगर्ने भन्दै सिटौलाले उम्मेदवार नभएका वामपन्थी मतदाताको प्रतिनिधि बन्न आफू इमान्दार भएर जनताको माझ आएको बताए । 

यसैगरी, प्रदेशसभाअन्तर्गत क्षेत्र नं ३ को ‘२’ का उम्मेदवार भगिरथ पोदारले ग्रामीण इलाकाका रुपमा रहेको आफ्नो क्षेत्रको विकासका लागि सडक, कृषि, शिक्षा र स्वास्थ्य सेवाको विकास पहिलो प्राथमिकतामा राखेको बताए ।

सम्बन्धित समाचार

छ वटा प्रदेशमा वाम गठबन्धनको दुईतिहाई, कसले कँहा कति जिते ?

काठमाडौँ । पहिलो हुने निर्वाचित हुने निर्वाचित प्रणालीअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धन छ वटा प्रदेशमा दुईतिहाइ बढी स्थानमा विजयी भएको छ ।  प्रदेश नं १, ३, ४, ५, ६

निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्छौ : महासचिव पोखरेल

काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित भएका नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आफ्नो निर्वाचन क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । आज लैनचौरमा आयोजित विजय र्यालीलाई सम्बोधन गर्दै उनले चुनावका

राजतन्त्र र गणतन्त्रको अन्योलबीच राप्रपाको पराजय

काठमाडौँ । आन्तरिक विभाजनसँगै संवैधानिक राजतन्त्र वा लोकतान्त्रिक गणतन्त्रबारेको नीति र व्यवहारमा एकरुपता नहुँदा पुरानो शक्ति मानिने राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा पराजय भोगेको छ ।  यही मंसिर १० र २१ गते

निर्वाचनका कारण तरलतामा चाप

काठमाडौँ । संविधानसभाबाट जारी संविधानको कार्यान्वयनका सिलसिलामा सम्पन्न निर्वाचनमा भएको खर्चका कारण बैंक तथा वित्तीय संस्थाको तरलतामा असर परेको छ ।  निर्वाचन आयोग, सरकारी निकाय तथा राजनीतिक दलले निर्वाचनमा ठूलो रकम