• २०८१ बैशाख १५ शनिबार

एनबी इन्सुरेन्सले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको नाममा कारोबार गर्ने

kharibot

काठमाडौं । साबिकको एनबी इन्सुरेन्स कम्पनी लिमिटेड आइएमई जनरल इन्सुरेन्स लिमिटेडमा परिणत भएको छ । बीमा समितिको निर्णयानुसार एनबी इन्सुरेन्सको नाम र लोगो परिवर्तनसहित आइएमई जनरल इन्सुरेन्समा रुपान्तरण भएको हो ।

निर्जीवन बीमा क्षेत्रम २० वर्षदेखि सेवारत उक्त कम्पनीलाई आइएमई ग्रुपले नाम र लोगो परिवर्तनसहित सञ्चालनमा ल्याएको हो ।

चुक्ता पुँजी रु ५४ करोडमा थप ८० प्रतिशत हकप्रद सेयरसहित रु ९७ करोड २० लाख पु¥याउने प्रक्रियामा रहेको उक्त कम्पनीले बीमा समितिले तोकेको रु एक अर्बभन्दा बढी चुक्ता पुँजी पु¥याउने गरी पुँजी योजना बीमा समितिमा पेश गरेको छ ।

कम्पनीले खुद नाफा २० करोडभन्दा बढी गर्ने लक्ष्य राख्दै कर्मचारी संख्या वृद्धि गर्ने र शाखा विस्तारलाई समेत अघि बढाउने जनाएको छ । २०७४ असोज मसान्तसम्म कुल बीमा शुल्क आर्जन २२ करोडभन्दा बढी रहेको जनाएको छ ।

आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा कम्पनीका अध्यक्ष हेमराज ढकालले नोक्सानीमा रहेको उक्त कम्पनीलाई आइएमई ग्रुपले व्यवस्थापन थालेपछि सकारात्मक प्रभाव देखिएको बताए ।

कम्पनी विगतमा समस्याग्रस्त भएपछि २०७१ माघ ५ देखि आईएमई ग्रुपलगायतले किनेर नयाँ व्यवस्थापनसहित २०७२ असारमा पुनः सञ्चालनमा आएको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै