• २०८१ बैशाख १५ शनिबार

जो विज्ञानमा विश्वासै गर्दैनन्, उनी आफैँले बनाएको रकेटमा आफैँ प्रक्षेपित हुँदै छन् !

kharibot

उत्तर अमेरिका । एक जना स्वघोषित वैज्ञानिकले क्यालिफोर्नियाको एउटा घोष्ट टाउन भन्ने स्थानमा आफैँले बनाएको रकेटमा आफूलाई नै प्रक्षेपण गर्ने तयारी थालेका छन् । माइक हघ्स जो आफूलाई म्याड माइक हघ्स भन्छन्, उनलाई विज्ञानप्रति विश्वासै लाग्दैन ।

उनले वर्षौँ लगाएर स्टिम पावरवाला रकेट बनाएका छन् । ६१ वर्षका म्याड माइकले प्रतिघण्टा गाडी चलाएबापत पाउने १५ डलरको बचत गरेर उनले आफ्नो प्रोजेक्टमा २० हजार डलर लगानी गरेका छन् भने एक हजार पाँच सय डलरको मोटोरहोम समेत किनेका छन्, जहाँ उनले क्रेग्सलिष्टमाथि लञ्चप्याड समेत जडान गर्नेछन् ।

उनका अनुसार उनी इतिहासकै त्यस्ता व्यक्ति हुन् जसले रकेट डिजाइन आफैँ गर्छ, आफँै बनाउँछ र आफूलाई नै प्रक्षेपित गर्छ । रकेटमा उनले ग्यारेजमा रहेका टुक्राटुक्री वस्तुहरु प्रयोग गरेका छन् । उनले आफ्नो उडान दिन शनिबारलाई तोकेका छन् । उनले प्रक्षेपणका बेला रकेटको गति प्रतिघण्टा पाँच सय किमि हुने बताएका छन् । उनले क्यालिफोर्नियाको एम्बोयस्थित घोष्ट सहरमाथि रकेट उडाउनेछन् । जहाँको जनसंख्या मात्र चार जना मात्रै रहेका छन् ।

‘नरकजस्तै डरलाग्दो पनि छ यो तर जिउँदो छँदै हामी यो संसार छोड्न सक्दैनौँ’, उनले भने, ‘म अरुभन्दा भिन्नै काम गरेर देखाउन चाहन्छु, जुन अरुले सक्दैनन्, र इतिहासमै आफँैले डिजाइन गरेको रकेटमा आफूलाई नै प्रक्षेपण गर्ने मानिस म बन्नेछु ।’ उनले आफूलाई वाकिंग रियालिटी शोको उपमा समेत दिए । त्यसो त म्याड माइकले वैज्ञानिकहरुको पृथ्वी गोलो छ भन्ने अवधारणा नै स्वीकार्दैनन् । उनका अनुसार पृथ्वी चाक्लो परेको छ । उनको रकेट प्रोजेक्टको नाम रिसर्च फ्ल्याट अर्थ रहेको छ ।

उनलाई के विश्वास छ भने एक दिन आफूले त्यस्तो रकेट बनाउनेछन्, जसले उनलाई अन्तरिक्षसम्म लैजानेछ । उनले आफूलाई एरोडाइनामिक र फ्लुड डाइनामिकको ज्ञान भएको र कुनै स्थानमा कुनै वस्तु कसरी चलायमान हुन्छन् भन्ने थाहा भएको समेत खुलाए । तर यसलाई उनी विज्ञान नमानेर केवल फर्मुला (सूत्र)मात्रै मान्छन् । उनका लागि साइन्स र साइन्स फिक्सनमा कुनै फरकपनै छैन ।

यो हप्तान्तमा उनले मानिसहरुले आफूलाई देखून् भनेर १८०० फिटसम्म पुर्याउने लक्ष्य राखेका छन् । त्यसपछि उनले दुईवटा प्यारासुट तान्नेछन् । उनले यसबारे क्यालिफोर्नियाका गभर्नरलाई अवगत गराउने पनि बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै