• २०८१ बैशाख १६ आइतबार

चार अन्तरिक्ष यात्रीसहितको फाल्कन-९ रकेट लन्च

kharibot

काठमाडौँ । स्पेस एक्सले चार देशका चारजना अन्तरिक्ष यात्रीहरूसँग नयाँ अन्तरिक्ष स्टेशन चालक दलसहितको रकेट लन्च गरेको छ ।

सबै चार अन्तरिक्ष यात्रुसहितको स्पेसएक्स फाल्कन-९ रकेट फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट सफल उडान गरेका छन् । यो मिसनलाई १७,५०० माइल प्रतिघण्टाको गतिमा पुग्न र तल्लो-पृथ्वी कक्षमा प्रवेश गर्न करिब नौ मिनेट लागेको थियो । 

फाल्कन-९ दुई स्टेजको रकेट डिजाइन गरेर बनाइएको रकेट हो । यसलाई एलन मस्कको कम्पनि स्पेस एक्सले बनाएको हो ।

अर्को २९ घण्टासम्म क्याप्सुलले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुग्नको लागि यात्रा गर्नेछ । यो दर्जनौं विज्ञान र अन्य प्रयोगहरूले भरिएको छ-महिनाको मिशन भएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै