• २०८१ बैशाख १६ आइतबार

पिएसजीको सेल्टिकमाथि गोल बर्षा, नेइमार र कभानीले गरे २-२ गोल

kharibot

काठमाडौँ । फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी) ले स्कटिस क्लब सेल्टिकलाई ७-१ को ठुलो गोल अन्तरले पराजित गरेको छ । गएराती भएको च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा सेल्टिकलाई पिएसजीले गोलको वर्षा गर्दै पराजित गरेको हो । 

सेल्टिकसंगको ठुलो जितसँगै पिएसजीले यस सिजनको च्याम्पियन्स लिगमा आफ्नो सतप्रतिशत नजिता निकालेको छ । ५ खेलमा १५ अंक सहित पिएसजी शिर्ष स्थानमा रहेको छ भने सेल्टिक ५ खेलमा केबल ३ अंक सहित प्रतियोगिताबाट बाहिरीईसकेको छ ।

पिएसजीको जितमा नेइमार र कभानीले दुई दुई गोल गरेका थिए भने एमबाप्पे, भेराटी र डानी आल्भेजले एक एक गोल गरेका थिए ।

यस खेलमा गरेको दुई गोल पछि कभानीले पिएसजीका लागि आफ्नो १५० गोल गरेका छन् । कभानिले पिएसजीका लागि २१६ खेल खेल्दै १५० गोल गरेका हुन् ।

पिएसजीले यस अघि नै च्याम्पियन्स लिगको अन्तिम १६ मा ठाउ पक्का गरिसकेको छ । समुह बिबाट बायर्न म्युनिख पनि अन्तिम १६ मा पुगेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै