साउदी अरबमा एक रुकुमेली युवाको मृत्यु

खरीबोट

रुकुम । रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ । 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् । 

रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब जानुभएका उनी रियादस्थित तुर्की कम्पनीमा कार्यरत थिए । खाना खाएर सुत्नुभएका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा गएर हेर्दा मृत्यु भएको अवस्थामा फेला पारेको बताइएको छ । 

मृतक परियारका श्रीमती र चार छोरा छन् । मृतकको शव नेपाल ल्याउनका लागि पहल भइरहेको आठबिसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीले जानकारी दिए ।
 

सम्बन्धित समाचार

साउदी अरबमा हट्यो ३० वर्षदेखि लाग्दै आएको फिल्ममाथिको प्रतिबन्ध

रियाद । साउदी अरेबियाले दशकौँदेखि व्यावसायिक सिनेमामाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । करिब ३० वर्षको प्रतिबन्ध फुकुवासँगै आगामी २०१८ को सुरुदेखि नै सिनेमा चल्न दिने भएको हो

साउदी अरबमा एक रुकुमेली युवाको मृत्यु

रुकुम । रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका

साउदी अरबमा राजकुमार तलालको गिरफ्तारीले विश्व बजारमा असर, को हुन् तलाल ?

रियाद । साउदी अरबमा अरबपति राजकुमारहरु र कैयौ मन्त्रीहरुलाई पक्राउ गरेको प्रकरणले अहिले संसारभर कौतुहलता बढाएको छ । त्यति मात्र होइन पक्राउ पारिएका भनिएका अरबपति राजकुमार अलवविद बिन तलालले लगानी

साउदी अरबका राजकुमारको हेलिकप्टर दुर्घटनामा निधन 

रियाद ।  साउदी अरेबियाका एक राजकुमारको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । राकुमार मन्सुर बिन मुक्रिन चढेको हेलिकप्टर यमनको सीमा नजिक दुर्घटना हुँदा उनको निधन भएको साउदी अरेबियाको राष्ट्रिय टेलिभिजनले