• २०८१ बैशाख १४ शुक्रबार

रियल र रोनाल्डोको कम्ब्याक : एपोएलमाथि रियलको गोलवर्षा, रोनाल्डो र बेन्जमाको दुई-दुई गोल 

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको रेकर्डसँगै रियल म्याड्रिडले च्याम्पियन्स लिगमा साइप्रसको क्लब एपोएलमाथि शानदार विजय हासिल गर्दै विजयी लयमा फर्किएको छ । 

गएराती च्याम्पियन्स लिगको समुह चरणको खेलमा एपोएलमाथि ६-० को जित हासिल गर्दै रियल म्याड्रिडले अन्तिम १६ मा आफ्नो ठाउँ पनि सुरक्षित गरेको छ । 

रियलको जितमा रोनाल्डो र बेन्जमाले दुई दुई गोल गरे भने लुका मोड्रीच र नाचोले एक एक गोल गरेका थिए ।

यस खेलमा रोनाल्डोले रेकर्ड राखेका छन् । रोनाल्डोले सन् २०१७ मा आफ्नो १७ र १८औ च्याम्पियन्स लिग गोल गरे । यो कुनै पनि खेलाडीले एक बर्षमा च्याम्पियन्स लिगमा गरेको धेरै गोलको रेकर्ड हो । यस अघि रोनाल्डोले नै सन् २०१५ मा १६ गोल गरेका थिए । 

जितसँगै रियलको समुह एच मा ५ खेलमा १० अंक सहित अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ । यसै समुहमा टोटनह्यामले डोर्टमण्डलाई २-१ ले पराजित गरेको छ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै