• २०८१ बैशाख १५ शनिबार

नेपालगन्ज म्याराथनको उपाधी जुम्लाका बुढाले उचाले

kharibot

नेपालगन्ज । नेपालगन्ज म्याराथन–२०१७ को उपाधी जुम्लाका दुर्गाबहादुर बुढाले जितेका छन् । 

क्रियटिभ ह्याण्ड्स संस्थाले आयोजना गरेको सो म्याराथन दौड प्रतियोगितामा नेपाली सेनाका खडकबहादुर खडका र सशस्त्र प्रहरी बलका गणेशसिंह ठकुरीले क्रमशः दोस्रो र तेस्रो उपाधि हासिल गरे । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई जनही रु ५५ हजार, रु २५ हजार र रु १५ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 

यसैगरी, आजै भएको २१ किलोमिटरको हाफ म्याथन दौडमा नेपाली सेनाका रेसु बस्नेत प्रथम, नेपाली सेनाकै चन्द्रा रावत दोस्रो र कृष्णश्वरी सिन्ताकला तेस्रो भए । उनीहरुले क्रमशः रु ३५ हजार, रु १५ हजार र रु १० हजार मेडल र प्रमाणपत्र प्राप्त गरे । 

प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै खेलकुदलाई राष्ट्र विकासको मूल प्रवाहमा जोडनु पर्ने आवश्यकता औँल्याए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै