• २०८१ बैशाख १५ शनिबार

कांग्रेस नेता निधि अस्वस्थ, ओम अस्पतालमा उपचार गर्दै 

kharibot

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि अस्वस्थ भएका छन् ।  अहिले काठमाडौँको ओम अस्पतालमा स्वास्थ्य जाँच गरिरहेका निधि आज अस्पतालमै बस्ने बताइएको छ । 

चुनाव प्रचारका क्रममा धेरै नै धपेडी गरेकाले उनको स्वास्थ्यमा समस्या देखिएको डाक्टरले बताएका छन् । डाक्टरहरुले थप परीक्षण गरिरहेकाले रिपोर्ट आउँ केहि समय लाग्ने बताइएको छ ।

धनुषा -३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका निधि चुनाव प्रचारको क्रममा व्यस्त बनेपछि घाँटीको समस्या भएको बताइएको छ । 

निधिका प्रेस सल्लाहकार रामजी दाहालले खरीबोटसँग कुरागर्दै सोमबार दिनभर प्रचारमा व्यस्त हुदा नेता निधि अस्वस्थ भएको बताए । घाँटीमा समस्या भएपछि निधि आजै जनकपुरबाट काठमाडौँ उपचारका लागि आएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै