• २०८१ बैशाख १४ शुक्रबार

नेपाल र थाइल्याण्डले अंक बाँडे

kharibot

काठमाडौँ । आइसिसी महिला विश्व टी–२० एसिया छनोट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपाल र थाइल्याण्डले अंक बाँडेका छन् । 

थाइल्याण्डको टेडथाई क्रिकेट मैदानमा भएको खेल वर्षाले अवरुद्ध भएपछि दुवै टोलीले समान एक÷एक अंक बाँडेका हुन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्याण्डले नेपालसामु ९१ रनको लक्ष्य दिएको दियो । 

जवाफी ब्याटिङमा उत्रेको नेपालले ३ दशमलव ४ ओभरमा विना विकेटको क्षतिमा १० रन जोड्दा खेल वर्षाले अवरुद्ध हुन पुग्यो । त्यसपछि खेल शुरु हुन नसकेपछि दुवै टोली अंक बाँड्न बाध्य बनेका हुन् । नेपाली ब्याट्सवुमन ज्योति पाण्डेले ४ र सरिता मगरले ५ रन जोडेका थिए । 

त्यसअघि पहिले व्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन बनायो । उसका लागि नारुमोल चाइवाइले नटआउट २३ रन जोडिन् । 

त्यसैगरी सुरुआती ब्याट्सवुमन नाटाकम चन्तमले १८ तथा स्वर्णारिन टिपोचले १५ रन जोडिन् । यता बलिङतर्फ नेपालकी सरिता मगरले २ विकेट लिइन् भने कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले समान एक÷एक विकेट लिए । 

आजै भएको अन्य खेलमा हङ्कङले मलेसियालाई ३५ रनले पराजित गरेको छ भने संयुक्त अरब इमिरेट्स (युएइ)ले चीनलाई १६ रनले हरायो । उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने दुई टोलीले नेदरल्याण्ड्समा आयोजना हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै