बार्सिलोनाको नजर कोन्टिन्हो छोडेर ओजिलमा !

खरीबोट
ad

काठमाडौँ । बार्सिलोनाले आगामी जनवरीमा ब्राजिलका फिलिप कोन्टिन्होको ठाउमा हाल आर्सनलबाट खेलिरहेका जर्मनीका प्ले मेकर मेसट ओजिललाई ल्याउन पहल गर्ने भएको छ ।
यसअघि रियल म्याड्रिडबाट आर्सनल आएका ओजिलले जनवरीमा आर्सनल छोड्न सक्ने बताइएको छ ।

आगामी सिजनबाट आर्सनलमा ओजिलको सम्झौता सकिन लागेकोले उनले अन्य टिममा कुरा गर्न सुरु गरेको रिपोर्ट बाहिरिएसँगै बार्सिलोनामा ओजिललाई भित्राउने तयारी सुरु भएको छ । यद्यपी बार्सिलोनाको बोर्डमा ओजिल र कोन्टिन्होको विषयमा फरक फरक मत रहेको बुझिएको छ ।

गएको शनिबार टोटनह्यामविरुद्ध ओजिलले गरेको प्रदर्शनको काटालानको मिडियामा निकै राम्रो कभरेज गरिएको थियो । काटालानका मिडियाहरुले ओजिलले यसै सिजन बार्सिलोनाबाट च्याम्पियन्स लिग खेल्ने उल्लेख गरेका छन् ।

सन् २०१० मा रियल म्याड्रिड जानु अघि ओजिल बार्सिलोना आउने तयारीमा थिए तर त्यति बेला सो प्रयास सफल हुन सकेन । अहिले म्यानचेस्टर युनाइटेडका कोच जोसे मोरिन्होले पनि ओजिल ल्याउन पहल गरिरहेको रिपोर्ट बाहिर आएको छ । तर बार्सिलोना भने कोन्टिन्होलाई भित्राउन संघर्ष गरिरहेको अवस्थामा यसै जनवरीमा नै ओजिललाई भित्राउने तयारी सुरु गरेको स्पेनिस मिडियाहरुले उल्लेख गरेका छन् । 

ओजिल बार्सिलोना आउने बाधकको रुपमा बार्सिलोना कै निर्देशक देखिने सम्भावना पनि बढेको छ । बार्सिलोनामा १५ बर्ष फुटबल निर्देशकको रुपमा काम गरेका राउल संल्लेहीले आगामी डिसेम्बरमा बार्सिलोना छोडेर आर्सनल जान लागेको बताइएको छ । यदि उनी आर्सनल गए भने उनले ओजिल बार्सिलोना आउने सम्भावना कम हुने बताइएको छ किनकी कोन्टिन्होलाई बार्सिलोना ल्याउनु पर्छ भन्ने बार्सिलोनाका प्रमुख योजनाकार राउल नै रहेको बताइएको छ । 
 

सम्बन्धित समाचार

डिफेन्डर उमटिटिद्वारा बार्सिलोनामा ५ बर्षका लागि सम्झौता नवीकरण

काठमाडौँ । फ्रान्सका २४ बर्षिय डिफेन्डर साम्युअल उमटिटिले बार्सिलोनामा आफ्नो सम्झौता नवीकरण गरेका छन् ।  बार्सिलोनाले उमटिटिले क्लबमा ५ बर्षका लागि आफ्नो सम्झौता नवीकरण गरेको जानकारी दिएको छ । नयाँ सम्झौता

एन्टोनी ग्रिजम्यानले विश्वकप अघि बार्सिलोना जाने बारे निर्णय लिने 

काठमाडौँ । फ्रेन्च स्ट्राइकर एन्टोनी ग्रिजम्यानले विश्वकप अघि नै आफुले आफ्नो भविष्यबारे निर्णय गर्ने बताएका छन् । इटालीसँग मैत्रीपूर्ण खेल खेल्नु अघि मिडियासँग कुरा गर्दै ग्रिजम्यानले विश्वकप अघि नै क्लबमा आफ्नो

बार्सिलोनाको उपाधि जित्ने सिलसिला अर्जेन्टिनामा ल्याउछु – लियोनेल मेसी 

काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीले बार्सिलोनाको उपाधि जित्ने सिलसिलालाई राष्ट्रिय टिम अर्जेन्टिनामा पनि ल्याउने बताएका छन् । आगामी जुन १४ देखि सुरु हुने विश्वकप फुटबलको तयारीमा रहेका मेसीले अर्जेन्टिनी

बार्सिलोनाका लिजेण्ड इनेस्टा अब जापानबाट खेल्ने 

काठमाडौँ  । स्पेनीस क्लब बार्सिलोनामा २२ बर्ष भन्दा बढी विताएर यसै सिजनको अन्त्यसँगै विदा भएका आन्द्रे इनेस्टा जापानीज क्लब भिसेल कोवीमा आबद्द हुने भएका छन् । इनेस्टाले बुधबार राति सो बारे