• २०८१ बैशाख १५ शनिबार

रौतहटमा फेला परेको बम सेनाद्वारा निष्क्रिय

kharibot

रौतहट । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर बजारभन्दा पूर्वपट्टि बाटो छेउमा भेटिएको बेवारिसे बमलाई नेपाली सेनाको एक टोलीले निष्क्रिय बनाएको छ । 

गौर पुरेनावास्थित इन्द्रबक्स गणबाट आज बिहान गएको सेनाको टोलीले ४ घन्टा बढी समय लगाएर बम निष्क्रिय बनाएको हो । 


स्थानीय स्तरमा बनाइएको भएपनि बम शक्तिशाली रहेकाले निष्क्रिय पार्न टोलीलाई समय लागेको इन्द्र बक्स गणका प्रमुख सुजन शाक्यले बताए । 

जिल्लाको उत्तरीभेग चन्द्रनिगाहपुरमा बम विष्फोटको घटना सेलाउँदै नपाउँदै गुजरा नगरपालिकामा आज दोस्रो बम बेवारिसे फेला परेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै