• २०८१ बैशाख १५ शनिबार

प्रचण्डपुत्र प्रकाश दाहालको मृत्युमा राप्रपाद्वारा दु:ख व्यक्त

kharibot

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टीका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा दाहालको आज बिहान हृदयाघातका कारण भएको निधनमा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।

अध्यक्ष प्रचण्डलाई राजनीतिलगायत विषयमा आवश्यक सल्लाह सुझाव दिने उक्त पार्टीका नेता प्रकाशको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको विज्ञप्तिमा जनाइएको छ । यसअघि पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले पनि ट्विटरमार्फत उनको निधनप्रति समवेदना व्यक्त गरेका छन् ।

यसैगरी राप्रपा(प्रजातान्त्रिक)ले दाहालको निधनमा दुःख व्यक्त गरेको छ । पार्टीका महामन्त्री राजाराम श्रेष्ठले विज्ञप्ति जारी गर्दै दाहालको निधनले आफ्नो पार्टी स्तब्ध रहेको जनाएका छन् ।

यस्तै एकीकृत राप्रपा(राष्ट्रवादी)ले पनि शोकसंतप्न परिवारप्रति समवेदना व्यक्त गरेको छ । पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले उनको निधनले असल राजनीतिकर्मीको अभाव खट्कने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय