• २०८१ बैशाख १४ शुक्रबार

प्रिमियर लिगमा टोटनह्याममाथि आर्सनलको सहज जित, मुस्तफी र सान्चेजले गरे गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा आर्सनलले टोटनह्यामलाई पराजित गरेको छ ।

आर्सनलको घरेलु मैदानम भएको खेलमा टोटनह्यामलाई २-० ले पराजति गरेको हो । आर्सनलको जितमा जर्मन डिफेन्डर श्कोड़रम मुस्ताफी र एलेक्सिस सान्चेजले गोल गरेका थिए ।

खेलको ३६औ मिनेटमा मुस्ताफीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए भने सान्चेजले ४१औ मिनेटमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका थिए । 

पहिलो हाफमा २-० को अग्रता लिएको आर्सनलले दोस्रो हाफमा भने कुनै टिमबाट गोल हुन् सकेन र खेल आर्सनलले २-० ले जित्यो । 

जितसँगै आर्सनल प्रिमियर लिगको पाचौ स्थानमा उक्लिएको छ । १२ खेलमा २२ अंक सहित आर्सनल पाचौ स्थानमा उक्लिएको हो भने टोटनह्याम १२ खेलमा २३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै