• २०८१ बैशाख २० बिहीबार

गौचन हत्यामा संलग्न थप दुई पक्राउ 

kharibot

फाइल तस्बिर

काठमाडौं ।  निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । 

काठमाडौँको कपनबाट बशन्त थेबे र धनराज योङहाङ पक्राउ परेका हुन् । उनीहरु बिहीबार बेलुका ८ राउन्ड गोली र २ वटा पेस्तोलसहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार फेलापरेको पेस्तोलमध्ये एउटा गौचन हत्यामा प्रयोग भएको बताइएको छ ।

यसअघि प्रहरीले ५ जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । प्रहरीको फरार सूचीमा ८ जना फरार रहेको सार्वजनिक गरिएको भएपनि पक्राउ परेका दुबैको नाम फरार सुचिमा भने थिएन । प्रहरीले घटनाका मुख्य योजनाकारलाई भने अझै पक्राउ गर्न सकेको छैन ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै