• २०८१ बैशाख १४ शुक्रबार

ओली र प्रचण्डले एकै मञ्चबाट भने — ‘पार्टी एकता चुनाव पछि’

kharibot

बागलुङ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनताका लागि वाम एकता अपरिहार्य भएको बताएका छन् । 

संयुक्त वाम गठबन्धनद्वारा जिल्लाको गलकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धि र सुव्यवस्था आफूहरूले चाहेको उल्लेख गरे । 

‘व्यवस्थामा मात्र होइन, व्यवहारमा, प्रणालीमा मात्र होइन प्रक्रियामा पनि परिवर्तन चाहिएको छ’ – उनले भने । 

पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले दिगो सरकारले मात्र मुलुकको विकास र समृद्धिको नेतृत्व गर्नसक्ने बताए । उनले चुनावपछि वामपन्थी दलको सरकारले बन्ने दाबी समेत गरे । राष्ट्रिय एकता र स्वाधीनताको रक्षा वाम दलहरूबाट मात्र सम्भव भएको र चुनावपछि वाम एकताको प्रक्रिया सुरु हुने उनको भनाइ छ । 

‘चुनावलगत्तै एमाले र माओवादीबीच एकता प्रक्रिया सुरु हुन्छ,’ नेता ओलीले भने – ‘हामी शक्तिशाली कम्युनिष्ट केन्द्र स्थापना गर्दै समाजवादको आधार तयार गर्छौं ।’ 

कम्युनिष्टको बहुमतसहितको सरकारले आधारभूत तहका जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने उनले बताए । ‘सबै जनताको विकास र समृद्धिको आकंक्षा पूरा गर्ने गरी हामी काम गर्छौं, अब मुलुकको नेतृत्व हामी लिन्छौं’– उहाँले भने । 

शक्तिशाली कम्युनिष्ट केन्द्र बन्छ – अध्यक्ष दाहाल 

सोही सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माणको प्रक्रिया सुरु भएको बताए । 

उनले मुलुकलाई समाजवादको युगतिर लैजाने उद्घोष गर्दै आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावपछि बन्ने कम्युनिष्ट सरकारले त्यसको नेतृत्व गर्ने दाबी गरे । 

उनले धेरै दल हुँदा अस्थिरता बढेको भन्दै दलहरूबीचको एकता सुखद भएको प्रतिक्रिया दिए । उनले आफ्नो दल पनि एकताबारे बहस चलाउन तयार रहेको उल्लेख गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै