• २०८१ बैशाख १४ शुक्रबार

बलिवुडका महानायक अमिताभ बच्चन ठुलो दुर्घटनाबाट बचेको खुलासा 

kharibot

मुम्बई । बलिवुडका महानायक अमिताभ बच्चन पछिल्लो हप्ता ठुलो दुर्घटना बाट बचेको खुलासा भएको छ । 

कोलकोतामा आयोजना भएको २३औ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुगेका बच्चन चढेको कारको पछिल्लो चक्का अचानक फुस्किए पछि दुर्घटना भएको थियो । 

घटना कार्यक्रम सकेर एयरपोर्ट जानेक्रममा भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । घटनामा बच्चनलाई कुनै चोटपटक भने नलागेको बताइएको छ । घटना पछि कार उपलब्ध गराउने ट्राभल एजेन्सीलाई कारवाही अगाडी बढाइएको बताइएको छ । घटना घटेको करिब एक साता पछि यस्तो खुलासा भएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै