काठमाडौं । अन्डर १९ एसिया कप क्रिकेट अन्तर्गत नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । समुह ए मा नेपाल उपविजेता हुदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
डिफेन्डीङ च्याम्पियन भारत पहिलो चरण मै प्रतियोगिताबाट बाहिरिएको छ । आज भएको बंगलादेशविरुद्धको खेलमा भारत ८ विकेटले पराजति भएपछि सेमिफाइनलको समिकरण पुरा भएको हो ।
यसअघि आजै भएको खेलमा नेपालले आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । तीनै खेल जित्दै बंगलादेश समुह विजेता हुदै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल सेमिफाइनलमा प्रवेश गर्ने क्रममा पहिलो खेलमा बंगलादेशसँग अन्तिम ओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा भारतलाई पराजित गरेको थियो ।
नेपालले भारतलाई पहिलो पटक कुनै पनि लेभलको खेलमा हराएको थियो । तेस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो ।
अब नेपालले समुह बि को शिर्ष स्थानमा रहेको अफगानिस्तानसँग खेल्ने छ भने बंगलादेशले पाकिस्तानसँग खेल्ने भएको छ ।
पहिलो समिफाइनल खेल बंगलादेश र पाकिस्तानबीच कार्तिक ३० गते हुने छ भने नेपाल र अफगानिस्तानबीचको दोस्रो सेमिफाइनल खेल मङ्सिर १ गते हुने छ ।
प्रतियोगिताको फाइनल खेल मङ्सिर ३ गते आइतबार हुने छ ।