• २०८१ बैशाख १६ आइतबार

महिला एवं बालबालिकाको संरक्षणका लागि प्रभावकारी कदम आवश्यक

kharibot

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महिला एवं बालबालिकाको संरक्षणका लागि सरकारी तथा गैरसरकारी संस्थाले थप प्रभावकारी कदम चाल्नुपर्ने औँल्याएका छन् । 

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बेवारिसे फेला परेका महिलाबाट जन्मेका बालबालिकाको अन्न प्राशनका लागि महानगरको वडा नं २६ सामाखुशीमा रहेको मानवसेवा आश्रमले यहाँ आज आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख शाक्यले सामाजिक कार्यमा सबैको सहभागितामा जोड दिए ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपत्यकामा बेवारिसे महिला र बालबालिकाको संख्या बढ्दै गएको र उनीहरुको संरक्षणका लागि सरकार र गैरसरकारी संस्थाले प्रभावकारी कदम चाल्नुपर्ने औँल्याए । कामपाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले घरपरिवारबाट विस्थापितको संरक्षण गर्ने कार्य महत्वपूर्ण रहेको बताए । 

मानव सेवा आश्रमले गत जेठदेखि दुई बालिका तेजस्वी र गरिमाका साथै एक बालक उत्सवको लालनपालन तथा सुरक्षा गर्दै आएको छ । सो आश्रमलाई सहयोगस्वरुप कामपाका सहप्रवक्ता नवराज ढकालले मासिक रु एक हजार सहयोग गर्ने घोषणा गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै