रियलका लागि खर्चिलो भए ग्यारेथ बेल, खेल नखेली नै पाउछन् करोडौ 

खरीबोट
ad

काठमाडौँ । रियल म्याड्रिडबाट खेल्ने वेल्सका फुटबलर ग्यारेथ बेलको क्यारियर अहिले संकटमा परेको छ । धेरै जसो इन्जुरिका कारण खेलबाट बाहिर भएपछि उनको क्लबले ठुलो आर्थिक भार बेहोर्नु परेको रिपोर्ट बाहिरिएको छ । 

सन् २०१३ मा ७७ मिलियन पाउण्डमा इङलिश क्लब टोटनह्यामबाट रियल म्याड्रिड गएका बेलअहिलेसम्म रियलका लागि १५९ खेल खेलेका छन् । तर उनलाई रियलले तिरेको पैसाको तुलन मा बेलले आफ्नो खेल देखाउन सकेका छैनन । 

उनको राम्रो सिजन भनेको २०१३/१४ को च्याम्पियन्स लिग रहेको छ जसको फाइनलमा गोल गरेर रियललाई जिताएका थिए । तर २८ बर्षिय बेलको जसरी चर्चा अग्रिएको थियो र उनको जुन सम्भावना थियो त्यो उनले रियललाई दिन नसकेको चर्चा अब हुन् थालेको छ ।

ग्यारेथ बेलले रियल म्याड्रिडबाट प्रति साता ३ लाख २८ हजार युरो पारिश्रमिक पाउने गर्दछन् । रियलले अहिलेसम्म बेललाई लगभग १७० मिलियन युरो खर्च गरिसकेको छ । उनको इन्जुरीलाई हेर्ने हो भने रियल गएदेखि उनि १९ पटक घाइते भएका छन् । औसतमा हरेक सिजनमा उनि चार पटक घाइते भएका छन् ।

अहिले पनि रियलले एक विज्ञप्ति निकाल्दै बेल घाइते भएको जनाउदै अझै एक महिना मैदान बाहिर रहने बताएको छ ।

बेल रियल गएदेखि क्लबले तीन च्याम्पियन्स लिग, ला लिग र कोपा डेल रे जितेको छ तर त्यसमा बेलको योगदान निकै कम देखिन्छ ।

आफ्नो देश वेल्सका लागि ६८ खेलमा ५६ गोल गरेका बेलले हालै घाइते भएकै कारण विश्कप छनौट खेल्न नसक्दा वेल्स विश्वकप छनौट नै हुन सकेन ।

रियलमा पटक जित्ने सुचिमा बेलको नाम आएपनि रोनाल्डो र अन्य खेलाडीले जस्तो रियलका फ्यानहरुको मन जित्न पनि बेल असफल भएका छन् । धेरै जसो मैदान बाहिर भएकै कारणले अहिले उनको ठाउमा रियलमा इस्को र मारको असेन्सियोले राम्रो प्रदर्शन गर्ने मौका पाएका छन् ।    
 

सम्बन्धित समाचार

जुलियन लोपेटेगी बने रियल म्याड्रिडको नयाँ म्यानेजर, विश्वकप पछि पद सम्हाल्ने 

काठमाडौँ स्पेनिस क्लब रियल म्याड्रिडले स्पेनका राष्ट्रिय टिमका प्रशिक्षक जुलियन लोपेटेगीलाई क्लबको नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ। लोपेटेगीले विश्वकप पछि रियलको प्रशिक्षक पद सम्हाल्ने क्लबले जानकारी दिएको छ । रियलले उनीसँग

जिनेदिने जिदानद्वारा रियल म्याड्रिडको म्यानेजरबाट राजीनामा  

काठमाडौँ ।  जिनेदिने जिदानले रियल म्याड्रिड छोडेका छन् । जिदानले क्लबलाई लगातार तेस्रो बर्ष च्याम्पियन्स लिग जिताएको ५ दिनपछि आफ्नो पदबाट राजीनामा दिएका हुन् । ४५ वर्षीय जिदानले रियलको साण्टियागो बेर्नाबेउ रंगशालमा

रियल म्याड्रिडको प्रमोशन भिडियोमा किन छैनन् रोनाल्डो ? यस्तो छ कारण 

काठमाडौं । च्याम्पियन्स लिगको उपाधि जितेको स्पेनिस क्लब रियल म्याड्रिडले मंगलबार आफ्नो नयाँ सिजनको क्लबको आधिकारिक किट सार्वजनिक गरेको छ ।  रियलले सार्वजनिक गरेको क्लबको नयाँ सिजनको होम र अवे जर्सीको

रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि, सुपरसब बेलले गरे दुई गोल 

काठमाडौँ । रियल म्याड्रिडले लगातार तेस्रो सिजनको च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराती भएको फाइनल खेलमा लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गर्दै आफ्नो १३औ च्याम्पियन्स लिगको उपाधि जितेको हो