• २०८१ बैशाख १५ शनिबार

आचारसंहिता पालना नगर्ने पत्रकारलाई कारबाही गरिने

kharibot

भक्तपुर । मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समाचार सम्प्रेषण गर्दा आचारसंहिता उल्लंघन गर्ने पत्रकारलाई कारबाही गरिने भएको छ । 

शुक्रबार भक्तपुरमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको संयोजकत्वमा मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचनमा पालना गर्नुपर्ने पत्रकार आचारसंहिताबारे जानकारी दिँदै आचारसंहिता उल्लंघन हुने कुनै पनि समाचार सम्प्रेषण नगर्न आग्रह गरे । 

समाचार आधिकारिक स्रोतबाट लिएर मात्रै सम्प्रेषण गर्न आग्रह गर्दै उहाँले पत्रकारका लागि आवश्यक व्यवस्था गरिने बताए । 

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले विगतका चुनावमा हतारमा समाचार सम्प्रेषण गर्दा गलत तथ्याङक बाहिरिँदा मतगणना रोकिएकाले आचारसंहिताभित्र रहेर समाचार दिन आग्रह गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै