• २०८१ बैशाख १४ शुक्रबार

रानीपोखरीको संरक्षण महानगरपालिकाले नै गरिरहेको छ : मेयर शाक्य

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रानीपोखरीको पुनर्निर्माणबारे विवाद भए पनि महानगरले नै सम्पदा संरक्षणको काम गरिरहेको बताएका छन् । आज काठमाडांैमा सिन्हवा समाचार संस्था र चीन मोबाइल टिबेट कम्पनीले आयोजना गरेको डिजिटल प्रदर्शनीको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख शाक्यले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै शाक्यले महानगरभित्र रहेका ऐतिहासिक सम्पदाहरुलाई प्रवद्र्धन गर्ने बताएका हुन् । डिजिटल प्रदर्शनीबारे बोल्दै प्रमुख शाक्यले यस्ता प्रदर्शनीले दुई देशबीच आयोजना हुने यस खालका प्रदर्शनीहरुले दुई देशबीच रहेको सम्बन्ध अझ प्रगाढ बनाउने बताए ।

त्यसैगरी प्रमुख शाक्यले महानगरपालिकाको कार्यालय रहेको भवन रहेको बागदरबार नभएर हरि भवन रहेको र त्सो ठाउँमा नयाँ भवन निर्माणको लागि डिजाइन तयार भएको र महानगरले सो स्थानमा निर्माण गर्न लागेको नयाँ भवनमा महानगरले तीनवटै युगको प्रतिनिधित्व हुने राणाकालीन, मल्लकालीन र आधुनिक ढाँचाको भवन निर्माण गर्ने  समेत बताए ।

यसैगरी सो प्रदर्शनी कार्यक्रममा बोल्दै सिद्धार्थ आर्ट ग्यालरीकी निर्देशक संगीता थापाले यस खालको  डिजिटल प्रदर्शनी नेपालमा पहिलो पटक भएको बताइन् ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक सुनिल शर्मा, नेपाल ललित कला एकेडेमीकी कुलपति राघिनी उपाध्याय, काठमाडौंस्थित चिनियाँ दूतावासका सांस्कृतिक सचिव जाङ्ग पिङ्गलगायतले प्रदर्शनीको सफलताको कामना गरेका थिए ।

कार्यक्रममा काठमाण्डौस्थित सिन्हवा समाचार संस्थाका ब्युरो प्रमुख चाउ से पिङ्गले पनि यस खालको प्रदर्शनीले दुई देश बिचको सांस्कृतिक सम्बन्ध अझै प्रगाढ र सुमधुर हुने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै