• २०८१ बैशाख १७ सोमबार

आगलागीमा परी एकको मृत्यु

kharibot

काठमाडौँ । आलम मेकानिकल वर्कसप त्रिपुरेश्वरमा बिहीबार साँझ भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । 

महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार आगलागीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न सकेको छैन । सो घटनामा परी दुई जना घाइते भएकाम ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार आगलागीबाट करिब रु ४० लाख बराबरको क्षति भएको छ । काठमाडौँ र ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दमकल र अग्नि नियन्त्रक टोलीले आगलागी नियन्त्रण गरेको प्रहरीले जनाएको छ । 

आगलागीका कारणबारे खोजी भइरहेको छ । आगलागीबाट जयन्ती पेट्रोल पम्पको स्टोरसमेत क्षति भएको छ । समयमै आगलागी नियन्त्रणमा आएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

‘पेट्रोल पम्पमा आगलागी भएको भए ठूलो क्षति हुन सक्थ्यो, समयमै नियन्त्रण हुन सकेकाले दुर्घटना टरेको छ’, उपरीक्षक क्षेत्रीले भने । आगलागीमा परी मृत्यु भएकाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको प्रहरीको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै