• २०८१ बैशाख १५ शनिबार

पद्मावतीको रिलिज विवादमा, वितरकले फिल्म लिन मानेनन् 

kharibot

मुम्बई । बलिउडमा यस बर्षको बहुचर्चित फिल्म पद्मावतीको रिलिजलाई लिएर फेरी विवाद बढेको छ । यो फिल्मलाई राजस्थानमा अघोषित् रुपमा बन्द गर्न दवाव बढीरहेको र बन्दको फैसला हुनसक्ने आशंका गरिएको छ । 

आगामी डिसेम्बर १ मा रिलिजको तयारी गरिएको यस फिल्मलाई राजस्थानमा कुनै पनि फिल्म वितरक फिल्मको रिलीजका लागि तयार भएका छैनन् । यति सम्मकी फिल्मको अनुमती समेत लिन चाहीरहेका छैनन् ।

यसबिच जयपुरका पूर्वराजपरिवारले पनि ‘ पद्मावती ’ को बिरोध गरेका छन् । राजपरिवारकी एक सदस्य दिया कुमारीले फिल्मका निर्माताले फिल्मनिर्माण गर्दा तथ्यहरु चेक नगरी फिल्म बनाइएको आरोप लागाउदै फिल्म रिलिज हुन् नदिने बताएकी छन् । उनले भनेकी छन् ;राजस्थानको इतिहासलाई गलत तरिकाले प्रस्तुत गर्न पाइदैन ।‘

यो फिल्मलाई यसअघि पनि गुजरात विधान सभा निर्वाचन पछि मात्रै रिलीज गर्न निर्माण पक्षलाई भाजपाका स्थानीय नेताहरुले आग्रह गरेका छन् । 

संजय लिला भन्सालीले निर्देशन गरेको यो फिल्ममा रानी पद्मावतीको भूमिकामा दीपिका पदुकोने छन् बहने अभिनेता शाहिद कपुर र रणवीर सिंह पनि यस फिल्ममा महत्वपूर्ण भूमिकामा रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय