• २०८१ बैशाख १५ शनिबार

ग्लोबल आइएमई बैंक र नेशनल बैंकिङ्गबीच तालिम संचालन सम्बन्धी सम्झौता

kharibot

काठमाडौँ नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लि. र ग्लोबल आइएमई बैंक लि. बिच  मिति २०७४ कार्तिक २१ गते का दिन तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुसार एन.बी.आई ले ग्लोबल आइएमई बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट रु ६१ लाख बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।

उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै