• २०८१ बैशाख १५ शनिबार

एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु जोशीपुर र जाजरकोटमा

kharibot

काठमाडौँ । एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु, जोशीपुर गाउँपालिका वडा नं. ०२, कैलाली र भेरी नगरपालिका वडा नं ०४, जाजरकोटमा शुभारम्भ भएका छन् । 

कैलालीको जोशीपुर गाउँपालिकाका कार्यकारी अधिकृत नारायण बहादुर बिष्ट तथा अध्यक्ष रामकृष्ण चौधरीबाट समग्र रुपमा जोशीपुर शाखाको र त्यसैगरी भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तिबाट जाजरकोट शाखाको समुद्घाटन सम्पन्न भएको थियो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै