• २०८१ बैशाख १८ मंगलबार

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता, अब पुरानै मुल्यमा पाइने 

kharibot

काठमाडौँ । नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको आकस्मिक बैठकले हिजो बढाइएको पेट्रोलियम पदार्थ र खान पकाउने ग्याँसको मूल्य फिर्ता गर्ने निर्णय गरेको छ ।

बढेको मूल्य फिर्ता भएसँग पुरानै मूल्यमा इन्धन पाइने भएको छ । निगमले बिहीबार विहान १० बजेदेखि पुरानै मुल्यमा इन्धन खरिद गर्न पाइने जनाएको छ । अब निर्वाचन अवधिभर इन्धन नबढ्ने भएको छ ।

नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरी निर्वाचनको मुखमा मुल्य नाबधाउँ निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशन पछि आपूर्ति मन्त्री जयन्त चन्दले निगमलाई मुल्य वृद्धि फिर्ताल इन् निर्देशन दिएका थिए । 

निगमले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ ५० पैसाका दरले मूल्य बढाएको थियो । यसैगरी खाना पकाउने एलपी ग्यासमा सबैभन्दा धेरै प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै