• २०८१ बैशाख १५ शनिबार

चेल्सीविरुद्ध रोमाको उत्कृष्ट जित 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा इटालियन क्लब एस रोमाले इङलिश प्रिमियर लिग क्लब चेल्सीलाई पराजित गरेको छ । रोमाको घरेलु मैदानमा भएको खेलमा चेल्सी ३-० गोल अन्तरले पराजित भएको हो ।

रोमाका लागि इएल शारावीले दुई तथा पेरोट्टीले एक गोल गरेका थिए । यस खेलमा जितले चेल्सीलाई च्याम्पियन्स लिगको अन्तिम १६ मा पुर्याउने भएपनि रोमाले आक्रामक सुरुवात गर्दै पहिलो ३९ सेकेन्डमै गोल गरेर चेल्सीलाई झड्का दिएको थियो ।

च्याम्पियन्स लिगको समुह सि मा रोमा ४ खेलमा ८ अंक सहित शिर्ष स्थानमा उक्लिएको छ बहने चेल्सी हारसँगै ४ खेलमा ७ अंक सहित दोस्रो स्थानमा रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय