• २०८१ बैशाख १४ शुक्रबार

एएफसी अन्डर १९ च्याम्पियनसिप : नेपाल किर्गिस्तानसँग पराजित

kharibot

फाइल तस्बिर

काठमाडौँ । एएफसी अन्डर १९ च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपाल घरेलु टोली किर्गिस्तानसँग २-० ले पराजित भएको छ । 

किर्गिस्तानका बरुबेभ गुलहिजिटले खेलको २१औ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो गोल खेलको अन्तिम मिनेटमा सुकुरोभ अलिमरडनले गरेका थिए ।

नेपालले अब दोस्रो खेल कार्तिक १६ गते बहराइनसँग खेल्ने छ भने तेस्रो खेल १८ गते युएईसँग तथा चौथो खेल २२ गते ओमानसँग खेल्दै छ ।

एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट समूह ‘ए’ मा रहेको नेपालसहित युएई, ‌ओमान, बहराइन र आयोजक किर्गिस्तान रहेका छन् ।

समूहमा शीर्ष स्थान हात पार्ने टिम आगामी वर्ष इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट हुनेछ । दोस्रो स्थान हात पार्ने टिमको पनि छनोट हुने सम्भावना हुनेछ । दोस्रो स्थान प्राप्त गर्ने टिममध्ये उत्कृष्ट टिम पनि छानिनेछ ।

सन् २०१८ को अक्टोबरमा इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै