• २०८१ बैशाख १५ शनिबार

एनआइसी एशिया बैंक स्विफ्ट ह्याक प्रकरण : चोरिएको अधिकांश रकम फिर्ता

kharibot

काठमाडौँ ।  एनआइसी एशियाबाट चोरिएको अधिकांश रकम फिर्ता भइसकेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने भएको छ । बैंकको कारोबार प्रणालीमा ह्याक गरी तिहारमा एनआइसी एशिया बैंकबाट रु ३१ करोड रकम स्थानान्तरण गर्न लागिएको थियो । 

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले समाचारमा विभिन्न रकम बाहिर आएको प्रति असन्तुष्टि व्यक्त गर्दै भने, “बाहिर जे आए पनि रु ३१ करोडमा मात्र ‘हिट’ भएको थियो, त्यसमध्ये रु १६ करोड मात्र कारोबार भएको थियो ।” उनले सबै रकम फिर्ता आउने अन्तिम चरणमा रहेको बताए । 

प्रवक्ता पौडेलले भने, “लगातार दुई दिन बिदा भएकाले काम भएन, आजदेखि काम शुरु भएको छ, सबै रकम फिर्ता हुन्छ ।” 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै