• २०८१ बैशाख १८ मंगलबार

वर्षाअगाडि ६० प्रतिशत भूकम्पपीडितलाई नयाँ घरमा सारिने

kharibot

काठमाडौं / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ युवराज भुसालले अबको तीन महिनाभित्र पुनर्निर्माणमा ठोस प्रगति देखिने गरी काम गर्ने बताएका छन् । आउँदो वर्षायाम शुरु हुनुअघि नै करिब ६० प्रतिशत भूकम्पपीडितलाई नयाँ घरमा पुर्नस्थापना गर्ने लक्ष्यका साथ काम गर्ने सीईओ भुसालले बताएका हुन् ।

शुक्रवार प्राधिकरण केन्द्रीय कार्यालय सिहदरवारमा जापानी राजदूत ओगावासँगको भेटका क्रममा उनले उक्त कुरा बताएका हुन् । सो क्रममा जापानी राजदूतले हनुमानढोका, पाटन दरवार स्क्वायर र देवी तलेजु मन्दिर पुनर्निर्माणवारे चासो राखेका थिए ।

सम्पदा पुनर्निर्माणमा जापानले गरेको सहयोग अनुसार काम अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त व्यक्त गर्दे उनले जतिसक्दो छिटो यसलाई गति दिनुपर्नेमा जोड दिए ।

सो क्रममा सिइओ भूसालले तत्काल पुरातत्व विभागसहित सराकोरवाला निकायसँग छलफल गरि सम्पदा पुनर्निर्माणलाई थप गति दिन पहल गर्ने बताए ।

पुनर्निर्माणको क्षेत्रमा जापानले गरेको सहयोगप्रति धन्यवाद दिदै सिइओ भूसालले पुनर्निर्माणको महाअभियानलाई सफल बनाउन सवैको सहयोग अपरिहार्य रहने उल्लेख गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै