• २०८१ बैशाख १६ आइतबार

फोरमका पुर्वसांसद अभिषेक प्रताप साह नेपाली कांग्रेस प्रवेश

kharibot

काठमाडौँ ।  संघीय समाजवादी फोरम नेपालका पुर्वउपमहासचिव एवं कपिलवस्तु निर्वाचन क्षेत्र नं–५ का सांसद अभिषेक प्रताप साह नेपाली कांग्रेस प्रवेश गरेका छन् ।  

आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा शाहलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका हुन् । कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, हालै कांग्रेसमा प्रवेश गरेका नेता विजय कुमार गच्छदार, उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको उपस्थितिमा शाह कांग्रेसमा प्रवेश गरेको घोषणा गरिएको हो ।

२०७० सालको संबिधान सभा निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं–५ बाट मधेशी जनाधिकार फोरमबाट विजयी भएका सांसद अभिषेक प्रताप साहले केहि हप्ता अघि मात्र हालको फोरम छोडेको घोषणा गरेका थिए । 

शाहलाई नेपाली कांग्रेसले कपिलवस्तुको क्षेत्र नम्बर ३ बाट प्रत्यक्षमा टिकट दिने तयारी गरेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै