• २०८१ बैशाख १४ शुक्रबार

दलित बस्तीमा विद्यालय र विद्यार्थीहरुको बिजोक, राज्यको चाँसो शुन्य 

kharibot

बारा । सबै नागरिकलाई समान र आधुनिक शिक्षा प्रदान गर्नु लोक कल्याणकारी राज्यको न्यूनतम दायित्व हो । यही दायित्वलाई आत्मसाथ गर्दै नेपाल सरकारले १९५१ देखि नैं नेपालमा नि:शुल्क प्राथामिक शिक्षा लागु गरेको थियो । नवौं पञ्च वर्षीय योजनाबाट सरकारले अनिवार्य प्राथामिक शिक्षा कार्यक्रम पनि सुरु गर्यो 

अहिले सरकारले उच्च माध्यमिक विद्यालय सम्म दलित विद्यार्थीलाई नि:शुल्क शिक्षा मात्र हैन की पाठ्य पुस्तक समेत उपलब्ध गराउने नीति लिएको छ । यी सबै प्रयासका बाबजुद पनि दलितको शैक्षिक स्तरमा भने अपेक्षाकृत वृद्धि हुन सकेको छैन । अन्यको तुलनामा दलितको शैक्षिक अवस्था दयनीय छ ।

सरकारले दलित विद्यार्थीका लागि छात्रवृत्ति व्यवस्था गरेको छ । उनीहरुले पढाईका लागि शुल्क तिर्नु पर्दैन । तर , पनि किन यो समुदायका बालबालिका पढ्न पाउँदैनन् ? उत्तर खोज्न ढिलो भईसकेको छ ।

कुरा हो , बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर १० मा रहेको जनता प्राथामिक विद्यालय अमावका शिक्षक विद्यालय नआएपछि विद्यार्थीको पढाई प्रभावित भएको छ । 
एक हातमा बोरा र एक हातमा किताब बोकेर हिँड्नु पर्ने, नाङ्गा सरिर लिएर विद्यार्थीको चिसो भँई मैं बस्दै पढ्नु पर्ने बाध्यता एका तिर छ , भने भएका शिक्षक पनि पठाउँन नआउँदा विद्यार्थीहरु पढ्नबाट बञ्चित भएका छन् । 

दुई जना शिक्षक र दुई जना शिक्षिका रहेको सो विद्यालयमा नियमित शिक्षक नआएपछि विद्यालयका २ शिक्षिका मात्र नियमित विद्यालय जाने गरेका छन् । जसका कारण एकै कक्षामा राखेर २ भिन्न भिन्न कक्षाका विद्यार्थीलाई पठाउँन बाध्य रहेको हो । ४ कक्षा सम्म पढाई हुँने उक्त विद्यालयमा ४ शिक्षक शिक्षिका रहेका भएता पनि २ शिक्षक विद्यालय नआउँने गरोको विद्यार्थी र शिक्षिकाले बताए । 

दुई बर्षबाट मासिक तलब नपाएको शिक्षिका रन्जना चौधरीले बताईन् । उनि भन्दै थिईन , शिक्षकहरुले मासिक तलब नपाएपछि विद्यालय आउँनै नियमित आउँन बन्द गरे उता अभिभावकले पनि स्कुल तर्फ चाँसो नदिएका कारण दिन प्रति दिन स्कुलको बेहाल हुँदै गएको छ ।  

दलित बस्तीको मध्य भागमा रहेको विद्यालयका सबै विद्यार्थी दलित छन् । यहाँ सदाय (मुसहर) , मण्डल र साफीको घरपरिवारका विद्यार्थी पढ्ने गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै