• २०८१ बैशाख १६ आइतबार

प्रियंकालाई पछाडी पार्दै दीपिका बनिन् सामाजिक सञ्जालकी रानी 

kharibot

मुम्बई । बलिवुडका दुई अभिनेत्री दीपिका पदुकोने र प्रियंका चोपडाबीच को अगाडी भन्ने बहस मिडिया र उनका फ्यानहरुमा सधै चर्चाको विषय हुने गर्दछ । 

यसैबीच पद्मावतीको प्रदर्शनको तयारीमा रहेकी दीपिकाले सामाजिक सञ्जालमा प्रियंकालाई पछाडी पारेकी छन् । दीपिकले सामाजिक सञ्जाल इन्स्टाग्राम, ट्वीटर र फेसबुक सबैमा प्रियंकालाई पछाडी पारेकी छन् ।

इन्स्टाग्राममा प्रियंका १९.८ मिलियन फलोअर छन् भने दीपिकाका हालै २० मिलियन फलोअर पुगेका छन् । त्यति मात्र होइन ट्वीटरमा प्रियंकाका २० मिलियन फलोवर छन् भने दीपिका प्रियंकालाई उछिन्दै २१.१ मिलियन फलोअर रहेका छन् ।

त्यसै गरी फेसबुकमा प्रियंकाका ३२.९ मिलियन फलोअर छन् भने दीपिकाको प्रियंका भन्दा अगाडी ३४.१ मिलियन फलोअर रहेका छन् । हाल हलिवुडमा व्यस्त रहेकी प्रियंका हरेक दिन समाजिक सञ्जालमा व्यस्त रहने गरेकी छन् तर दीपिका भने सामाजिक सञ्जालमा त्यति सक्रिय देखिदैनन् । तर पनि दीपिकाले प्रियंकालाई जितेकी छन् । 

हलिवुडमा दीपिका प्रियंका जारी सफल हुननसके पनि सामाजिक सञ्जालको लडाईमा भने प्रियंकालाई जितेकी छन् । प्रियंकालाई मात्र होइन आफ्ना सहकर्मी अभिनेत्रीहरु कट्रिना कैफ, आलिया भट्ट, ज्याक्लिन जस्ता अभिनेत्रीहरुलाई पनि दीपिकाले जितेकी छन् । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै