• २०८१ बैशाख १६ आइतबार

चुनिए चीनका सात शक्तिशाली नेता तर चुनिएनन् सि जिनपिंगका उत्तराधिकारी

kharibot

तस्बिर : सीएनएन

चीन । चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो पोलिटब्युरो कमिटीमा राष्ट्रपति सी जिनंिपंगसहित सात जनालाई चुनेको छ । पार्टीका नेतृत्व एवं राष्ट्रपति समेत रहेका सीले सात सदस्यीय कमिटीमा आफूसहित लि किक्वांग, लि झान्सु, वांग यांग, वांग हनिंग, झाओ लेजी र हान झेंगलाई चुनेका हुन् ।

आगामी पाँच वर्ष आफ्नै नेतृत्वमा रहने गरी राष्ट्रपति सीले सात शक्तिशाली नेता चुने पनि आफूपछि को हुने भन्ने घोषणा भने गरेनन् । राजधानी बेइजिंगमा रहेको ग्रेट हल अफ द पिपलमा हरेक पाँच वर्षमा हुने कम्युनिष्ट पार्टीको बृहत् सम्मेलनले महत्वपूर्ण निर्णय गर्ने गरेको छ । सात सदस्यीय पोलिट ब्युरोको घोषणासँगै जारी सम्मेलन पनि बुधबार सकिएको छ ।

दशकौँको कडा मिहिनेतपछि चिनियाँ विशेषतायुक्त समाजवाद नयाँ युगमा प्रवेश गरेको घोषणा गर्दै सीले उक्त नयाँ नीतिलाई चिनियाँ पार्टीको संविधानमा समावेश गरेका हुन् । यसलाई सि जिनपिंग थटको रुपमा समावेश गरिएको छ ।

  • तस्बिर : सीएनएन

उत्तराधिकारी घोषणा नगरिनुले परम्परागत ब्रेकथ्रु (क्रमभंगता) भएको छ भने यसले सि जिनपिंग नै शक्तिमा रहिरहन खोजेको रुपमा लिइएको छ । उनको दोस्रो कार्यकाल २०२२ मा सकिँदै भए पनि उनी त्यसपछि पनि सत्ताको नेतृत्वमै रहनखोजेको बुझिएको छ । पोलिटब्युरोमा चयन सबै नयाँ सदस्यहरु ६० वर्षभन्दा माथि उमेरका छन् । झाओ लेजी सबैभन्दा कान्छा छन्, उनी २०२२ मा ६५ वर्षका हुनेछन् । पीएसबीसीमा प्रवेश गर्दा सन् २००७ मा सी ५४ वर्षका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीले मंगलबार मात्रै राष्ट्रपतिलाई पाँच वर्षको लागि दोस्रो कार्यकाल सत्तामा रहन स्वीकृति दिएको थियो भने उनको विचारधारालाई संविधानमा समावेश गरेको थियो । योसँगै राष्ट्रपति सीलाई कम्युनिष्ट पार्टीको संस्थापक नेता माओत्से तुंगसँग बराबर दर्जा पनि दिइएको छ । सी २०१२ मा चीनको राष्ट्रपति चुनिएका थिए ।

सी जिनपिंग थटको रुपमा मुख्य १४ सिद्धान्त रहेका छन् । तिनीहरुमा सबै तथा गहिरो सुधार, नयाँ विकासशील विचारलाई बढावा, मानिस र प्रकृतिबीच सामञ्जस्यपूर्ण जीवन जसअनुसार वातावरण संरक्षणमा सुधार, पिपल्स आर्मीमाथि पार्टीको पूर्ण नियन्त्रण, एक देश दुई प्रणाली र एकीकरणको महत्वलाई पूर्ण समर्थनजस्ता आदर्शहरु रहेका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै