• २०८१ बैशाख १४ शुक्रबार

रोनाल्डो लगातार दोस्रो बर्ष फिफाको उत्कृष्ट बर्ष खेलाडी बने 

kharibot

काठमाडौँ ।  क्रिस्टियानो रोनाल्डो लगातार दोस्रो बर्ष फिफाको बर्ष खेलाडीको उपाधि जितेका छन् । 

फिफाले हरेक बर्ष दिने यस उपाधिका दाबेदार अर्जेन्टिनाका लियोनेल मेसी र ब्राजिलका नेइमारलाई पछि पर्दै रोनाल्डोले यस बर्ष पनि बर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । गएराती लन्डनमा आयोजित कार्यक्रममा अर्जेन्टिनाका महान फुटबलर म्याराडोनाले रोनाल्डोलाई सो अवार्ड दिएका थिए । 

गत सिजनमा रोनाल्डोले रियल म्याड्रिड र आफ्नो देश पोर्चुगलका लागि कुल ४४ गोल गरेका थिए । रोनाल्डोले च्याम्पियन्स लिगको फाइनलमा दुई ग्ल गर्दै रियल म्याड्रिडलाई १२औ पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए भने आफ्नो देश पोर्चुगललाई युरो कपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

फिफाले बेलुन डो अरसँग छुट्टिएपछि गत बर्षदेखि फिफा बर्ष खेलाडीको उपाधि आफैले दिन थालेको हो । यस अघि बेलुन डो अरको उपाधि फिफासँगको सहकार्यमा दिदै आएको थियो । रोनाल्डोले सन् २००८, २०१३ र २०१४ मा फिफाले दिने बेलुन डो अरको उपाधि जितेका थिए ।

त्यस्तै फिफाले दिने बर्षको उत्कृष्ट कोचको उपाधि रियल म्याड्रिडका कोच जिनेदिन जिदानले जितेका छन् । उत्कृष्ट गोल किपरको अवार्ड युभेन्ट्सक गोल किपर गियानलुईगी बुफानले जितेका छन् । त्यस्तै महिला उत्कृष्ट खेलाडीको पुरस्कार हल्याण्डकी लइक मारटेनले जितेकी छन् भने महिला तर्फको उत्कृष्ट कोचको उपाधि पनि हल्याण्डकी कोच सरिना विगम्यानले जितेकी छन् । त्यस्तै पुस्कास गोल अफ द इयरको उपाधि आर्सनलका फ्रेन्च स्ट्राइकर ओलिभर जिराउडले जितेका छन् । फिफा फ्यान अफ द इयरको उपाधि सेल्टिक क्लबले जितेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै