कान्दाहारमा उच्च सैनिक सतर्कता

खरीबोट

कान्दाहार ।  अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक सैनिक पोष्टमा बिहीबार तालिबानको आक्रमणबाट दर्जनौँ सैनिक मारिएपछि सो क्षेत्रमा शुक्रबार उच्च सैनिक सतर्कता अपनाइएको समाचार छ । 

दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अवस्थित अफगान सैनिक पोष्टमा तालिबान सशस्त्र हतियारधारीहरुले बिहीबार हमला गरेका थिए । सो आक्रमणमा परी ४३ जना सैनिक मारिएका थिए । 

सो क्षेत्रमा बिहीबार साँझैदेखि ठूलो सङ्ख्याका सैनिक खटाइएको छ । उक्त सैनिक पोष्ट हाल अफगान सेनाकै कब्जामा रहेको छ भने सुरक्षा अवस्था पनि सामान्य बन्दै गएको बताइएको छ । 

तालिबानहरुले कारबमका साथै अत्याधुनिक हतियारहरुले सो सैनिक पोष्टमा हमला गरेका थिए । बुधबार राति रातभर भएको भिडन्तमा ४३ जना सैनिकको ज्यान जानुका साथै अरु कैयौँ घाइते पनि भएका थिए । 

तालिबानहरुले उक्त जिल्लाका छिमेकी जिल्लाहरु पाक्टिया र गजनीमा शक्तिशाली हमला गरेको एक दिनपछि यो हमला भएको बताइएको छ । ती क्षेत्रमा उनीहरुले बारम्बार हमला गर्ने गरेका छन् । 

ती दुई जिल्लामा तालिबानले गएको सोमबार र मङ्गलबार गरेका हमलामा परी कम्तीमा पनि १७० जना सर्वसाधारण र अफगान सुरक्षा फौजका सदस्यहरुको ज्यान गएको थियो । 

सम्बन्धित समाचार

अफगानिस्तानलाई हराउदै अस्ट्रेलिया अन्डर-१९ विश्वकपको फाइनलमा 

काठमाडौँ । अस्ट्रेलिया अन्डर १९ विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । अफगानिस्तानले दिएको १८१ रन को

काबुलमा भएको बम आक्रमणको नेपाल सरकार द्वारा निन्दा

काठमाडौँ । नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम आक्रमणको निन्दा गरेको छ । उक्त आक्रमणमा परी कैयौँको ज्यान जानाका साथै धेरै घाइते भएका थिए । परराष्ट्र मन्त्रालयले आज

आइपिएल अक्सनमा ९ करोडमा बिके अफगानिस्तानका राशिद खान  

काठमाडौँ । अफगानिस्तानका १९ बर्षिय स्पिनर राशिद खान आइपीएल अक्सनमा ९ करोडमा सनराईजर्स हैदरावादले राखेको छ ।  शनिबार भएको अक्सनमा हैदरावादले राशिदलाई ९ करोड दिएर आफ्नै टिममा राखेको हो । गत आइपिएलमा

अन्डर १९ विश्वकप : अफगानिस्तान २०२ रनले न्युजिल्यान्डलाई हराउदै सेमिफाइनलमा 

काठमाडौँ । अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गर्दै अन्डर-१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा अफगानिस्तानले २०२ रनको विशाल रन अन्तरले न्युजिल्याण्डलाई पराजित गरेको हो ।  न्युजिल्यान्डको क्रिष्टचर्चमा भएको