पूर्णरूपमा संविधान कार्यान्वयनको बेला आयो : प्रधानमन्त्री देउवा

खरीबोट

भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकाल अन्त्य गरी पूर्णरूपमा संविधान कार्यान्वयनको बेला आएको बताएका छन् । 

मध्यपुरथिमिस्थित शंखधर चोकमा आज राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको नेपाल संवत्का प्रर्वद्धक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताएका छन् । 

प्रधानमन्त्री देउवाले भने-“हामी संविधानको पूर्ण कार्यान्वयन र संक्रमणकाल अन्त्य गर्ने चरणमा आएका छौ, आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरेर यसलाई पूरा गर्न सक्छौं, त्यसैले निर्वाचन सफल पार्न सबैको सहयोग रहने विश्वास लिएका छौ ।” 

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा लाग्न प्रेरणा दिने नेपाल संवत्का प्रवद्र्धक साख्वाको योगदानको चर्चा गर्दै उनले नेपाली जनतालाई समानताको व्यवहार गर्ने साख्वाले चलाएको यो संवत् नेपालीको मौलिक संवत् भएको पनि बताए । 

प्रधानमन्त्री देउवाले शंखधर बुलेटिन विमोचन गर्नुका साथै नरेन्द्रभक्त हाडा र देवेन्द्रकुमार मल्ललाई सम्मान गरेका थिए । त्यसैगरी प्रतिष्ठानले गोरखा र दोलखाका चरिकोटमा शंखधर साख्वाको सालिक स्थापना गर्नका लागि ती सालिक हस्तान्तरण गरे । 

रक्षामन्त्री भीमसेनदास प्रधानले साख्वाका बारेमा पाठ्यक्रममा समावेश गर्न र आसन्न निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए । 

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा, एमालेका कृष्णगोपाल श्रेष्ठ, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्य, मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रतिष्ठानका पूर्व अध्यक्ष मदनकृष्ण श्रेष्ठ, उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठलगायतले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा लिनुपर्नेमा जोड दिए । 

विभिन्न झाँकी तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धरले देशको सबै जिल्लामा शंखधर साख्वाको सालिक स्थापना गरिने जानकारी दिए । 

सम्बन्धित समाचार

राष्ट्रियसभामा देउवा सरकारद्वारा सिफारिस तीनजनाको नाम फिर्ता लिने निर्णय

काठमाडौं । सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले राष्ट्रियसभामा मनोनयनका लागि  राष्ट्रपतिसमक्ष सिफारिस गरेका तीनजनाको नाम फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले देउवाले आफुले

मन्त्रिपरिषद्को बैठक सकियो, देशवासीलाई देउवाको अन्तिम सम्बोधन

काठमाडौँ / मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्ले आफ्नो उद्देश्य पूरा गरेको निष्कर्ष निकालेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकार सञ्चालनमा सहयोग गर्ने सबैमा धन्यवादसमेत दिएको

प्रधानमन्त्री देउवाले राजीनामा दिने, मन्त्रिपरिषदको अन्तिम बैठक बोलाए 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रको नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ । मन्त्रिपरिषदको अन्तिम बैठक बिहान ९ बजे