• २०८१ बैशाख १४ शुक्रबार

विवेकशील साझा पार्टीद्वारा थप जिल्लामा उम्मेदवार घोषणा 

kharibot

काठमाडौं । विवेकशील साझा पार्टीले आउँदो मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि थप जिल्लामा उम्मेदवारी घोषणा गरेको छ । 

विवेकशील साझा पार्टीले पछिल्लो पटक रुपन्देही, ईलाम, पर्सा, अर्घाखाँची जिल्लाबाट संघीय प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको हो । यसक्रममा रुपन्देहीको क्षेत्र नम्बर २ बाट हरिकृष्ण अधिकारी, पर्साको क्षेत्र नम्बर १ बाट डा. महमद रज्जा, इलाम क्षेत्र नम्बर १ बाट सचिन घले, अर्घाखाँचीबाट विष्णुप्रसाद मिश्रलाई उम्मेदवार बनाउने निर्णय भएको विवेकशील साझा पार्टीले जनाएको छ ।

यस पटकको चुनावमा राष्ट्रिय पार्टी बन्ने र अर्को पटक देशको नेतृत्व गर्ने लक्ष्य लिएकाले थप उम्मेदवार घोषणा गरेको विवेकशील साझा पार्टीले जनाएको छ । 
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै