• २०८१ बैशाख १४ शुक्रबार

जगदम्बा सिमेन्टद्धारा च्यानल पार्टनर्सहरुलाई सम्मान

kharibot

काठमाडौँ । जगदम्बा सिमेन्टले आफ्ना २ सय भन्दा बढी च्यानल पार्टनर्सहरुलाई बीरगंजमा सम्मान गरेको छ । 

कार्यक्रममा जगदम्बा सिमेन्टका चेयरमेन शंकरलाल अग्रवाल, प्रवन्ध निर्देशक बिष्णु प्रसाद न्यौपाने, कार्यकारी निर्देशक राजेश अग्रवालले च्यानल पार्टनर्सहरुलाई विभिन्न पुरस्कारद्धारा सम्मान गरेका छन् । 

कंम्पनीका प्रवन्धक निर्देशकले शुभश्री जगदम्बा सिमेन्टले हाल आफ्नो उत्पादन क्षमतालाई दोब्बर बनाउने बताए । जसले गर्दा २४,००० बोरा प्रतिदिन उत्पादनबाट निकट भविश्यमानै ५२,००० बोरा प्रतिदिन उत्पादन हुनेछ । 

सिमेन्ट उद्योगमा उनले जगदम्बा विश्वको उच्चस्तरीय प्रविधि एफएल स्मिथ, डेनमार्कका भर्टिकल रोलर मिल भित्रयाउने दोस्रो कम्पनीका रुपमा आफूलाई स्थापित गरिसकेको जानकारी दिँदै विरगञ्ज उद्योगबाट उत्पादन हुने ओपिसी तथा पिएससी सिमेन्ट अबका दिनहरुमा अझ बढी गुणस्तर तथा उपभोक्तामैत्री हुने प्रतिबद्धता ब्यक्त गरे । त्यसैगरी चाँडैनै तेस्रो उद्योग रुपन्देहीमा स्थापना गरी ६०,००० बोरा प्रतिदिन उत्पादन थप्ने कार्य अझ बढी सकेको बताउदै आगामी दिनहरुमा जगदम्बा सिमेन्टले आफ्नो उत्पादन क्षमता १,१२,००० बोरा प्रतिदिन उत्पादन पुरयाउने लक्ष्य लिएको प्रस्ट्याएका थिए ।

उक्त कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक राजेश अग्रवालले हाम्रो घर मोबाइल एप्सद्वारा च्यानल पार्टनर्स लगायत उपभोक्तालाई पनि सहज र सर्वसुलभ रुपमा सेवा प्रदान गर्नेमा कम्पनी कटिबद्ध रहेको र भावी दिनहरुको आफ्ना संजाल उद्योग, प्रविधी,तथा सुविधालाई अझ बढी सशक्त र प्रभावकारी बनाउदै नेपालकै अर्थतन्त्रमा ठूलो योगदान गर्ने धारणा राख्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुको ऋखला रहीरहने जनाए ।

६०० भन्दा बढी च्यानल पार्टनर्स, १० भन्दा बढी ब्राण्डहरु भएको जगदम्बा सिमेन्टले गुणस्तरीय उत्पादन, उचितमूल्य, सुनिश्चित उपलब्धता, नविनप्रविधि, नेक्स्ट जेनेरेसन सिमेन्ट प्याकेजिङ्ग तथा उपभोक्ता प्रति उत्तरदायित्व जस्ता विशेषताले गर्दा छोटो समयमा नै नेपालको सर्वाधिक लोकप्रिय सिमेन्टमा गनिन सफल भएको छ । ७५ जिल्ला भरी फैलिएको सञ्जाल मार्फत उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन तथा सेवाद्धारा लाभान्वित गर्दै आएको यस कम्पनीले नेपालमा पाइने सबै प्रकारको पिपिसी, पीएससि र ओपिसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दे आइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै