• २०८१ बैशाख २० बिहीबार

बागलुङमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि एक लाख ६८ हजार मतदाता

kharibot

बागलुङ । जिल्लामा मतदाता संख्या एक लाख ६८ हजार ३४९ रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ११ हजार ५४७ मतदाता थपिएका छन् ।

गत वैशाखमा स्थानीय तह चुनाव हुँदा एक लाख ५६ हजार आठ सय दुई मतदाता थिए । निर्वाचन आयोगले गत साउन १ देखि भदौ ३ गतेसम्म मतदाता नामावली दर्ताका लागि तोकेको समयमा नयाँ मतदाता थपिएका हुन् । 

जिल्लाका दश स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा सबैभन्दा बढी तीन हजार ७१० मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले बताए ।

सबैभन्दा कम बरेङ गाउँपालिकामा ३३४ जनाले तस्वीरसहितको मतदाता नामावली दर्ता गराएका छन् । थप भएका मतदातामध्ये महिला पाँच हजार ४१८ र पुरुष छ हजार १२९ छन् ।

जिल्लाका मतदाता संख्यालाई आधार मान्दा यसअघिका अधिकांश चुनावमा ७० प्रतिशतको हाराहारीमा मत खस्ने गरेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांक छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै