• २०८१ बैशाख १४ शुक्रबार

कांग्रेसमा मिल्यो लोकतान्त्रिक फोरम : भावविह्वल हुँदै पुनः कांग्रेसी भए गच्छदार

kharibot

फोरम कांग्रेससँग समाहित भएको घोषणा गरिँदै ।

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बीच नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसको एकता भएको छ । एकता घोषणा कार्यक्रम गरेर फोरम कांग्रेससँग समाहित भएको घोषणा गरिएको हो ।

फोरमका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री गच्छदार उक्त कार्यक्रममा बोल्दै गर्दा भावुक भएका थिए । उनले ०६४ माघ १८ मा कांग्रेस छोडेको स्मरण गर्ने क्रममा भावविह्वल भएका हुन् ।

दशैँको बीचमा कम्युनिष्टहरु एक हुने घोषणा गरिएसँगै लोकतान्त्रिक गठबन्धन बनाउने भन्दै प्रधानमन्त्री देउवाको पार्टी कांग्रेसले विभिन्न प्रजातान्त्रिक पार्टीहरुसँग आगामी चुनावमा मिल्ने र बृहत् लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने अभियानमै लागेको बेला पूर्वकांग्रेसी गच्छदार मातृपार्टीमै फर्किएका हुन् ।

यसअघि आइतबार साँझ नै गच्छदारको पार्टी कांग्रेससँग एक हुने कार्यक्रम राखिए पनि सोमबार मात्र एकता घोषणा गरिएको हो ।

गच्छदार २०६४ सालअघि नेपाली कांग्रेसमा नै थिए । उनले नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०५६ मा टिकट लिएर चुनाव जितेका थिए भने त्यसपछि उनले २०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव जितेका थिए ।

२०६६ साल साउन १६ उपेन्द्र यादवबाट छुट्टिएर उनले नेपाल लोकतान्त्रिक फोरम पार्टी गठन गरेका थिए । उनले नेलोफोबाट उठेर २०७० मा सुनसरी क्षेत्र नं ३ बाट चुनाव जितेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै