• २०८१ बैशाख १४ शुक्रबार

एमाले महासचिव पोखरेल भन्छन् - राजपासँग निर्वाचनमा तालमेल हुन सक्छ 

kharibot

एमाले महासचिव ईश्वर पोखरेल, तस्विर : खरीबोट

बारा, दुई नम्बर प्रदेशको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) सँग केही स्थानमा तालमेल हुँन सक्ने सम्भावना रहेको नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बताएका छन् । 
एमाले प्रचार बिभाग बाराले शुक्रवार सिमरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले राजपाको नेतासँग केन्द्रीय तहमा छलफल भईरहेकाले केही स्थानमा तालमेलको सम्भावना रहेको बताएका हुँन् । 

राजपा र एमालेका नेताले आवश्यक ठानेमा त्यस्ता तहमा तालमेल गर्न सकिने बताए । ‘राजपका नेता यस बिषयमा छलफल भईरहेको, केही स्थानमा तालमेलको सम्भावना हुँन सक्छ ’ पोखरेलले भने । एमाले मधेस बिरोधी पार्टी भनेर प्रचार गरिएपनि मधेसका जनता र मधेसबादी दलका नेताले यथार्थ बुझिसकेको भन्दै पोखरेलले एमाले दुई नम्बर प्रदेशमा पनि पहिलो शक्ति हुँने बताएका छन् । 

सामाजिक सद्भाव र राष्ट्रियताको पक्षमा एमालेले लिएको अडानको कारण दुई चरणको निर्वाचनमा जनताले एमालेलाई रुचाएको भन्दै पोखरेलले दुई नम्बर प्रदेशका जनताले पनि एमालेको पक्षमा मतदान गर्ने दाबी गरे ।

संविधान संसोशनको बिषयलाई लिएर निर्वाचन रोक्ने प्रयास कसैले गर्न नहुँने र परिवर्तनशिल दस्तावेज भएको संविधानलाई चुनाव पछि पनि संशोधन गर्न पोखरेलको भनाई थियो । ‘संविधान गतिशिल , परिवर्तनशिल र संशोधनिय दस्तावेज हो , यसलाई संशोधन गर्न नसकिने होईन्’ उनले भने ‘निर्वाचन अघि संशोधनको औचित्य छैन , निर्वाचन सकिए पछि सबै बसेर आवश्यक्ता अनुसार संशोधन गर्न सकिन्छ ।’ 

स्थानीय , प्रदेश र केन्द्रीय गरी तीन वटै तहको निर्वाचन सकिए पछि संशोधनको बिषयमा छलफल गर्न सकिने भन्दै पोखरेलले संविधान कार्यान्यनवको महत्वपूर्ण पाटोको रुपमा रहेको निर्वाचनको बिरोध गर्न नहुँने बताए । 

स्थानीय तहको निर्वाचनलाई सकेसम्म टार्न खोज्ने र नसके सार्न खोज्ने प्रवृतिका कारण तीन चरण गरेर चुनाव सम्पन्न गर्नु पर्ने बाध्यात्मक परिस्थिति आएको भन्दै पोखरेलले अब यसलाई सम्पन्न गर्नु पर्ने बताए । भाषा , नागरिकता , सिमांकन जस्ता माँगको बिषयमा राजपा आँफै प्रष्ट नभएको नभएकाले निर्वाचन अघि संशोधनको कुराको कुँनै अर्थ नरहेको उनको भनाई थियो । 

‘निर्वाचन पछि संशोधन गरौं भनेर हामीले भन्दै आएका छौं , यहाँ यसैलाई मुद्दा बनाएर निर्वाचनमा अड्को थाप्ने काम भईरहेको छ’ पोखरेलले भने ‘राष्ट्रिय मुद्दामा सबै दल एक हुँनु पर्छ भनेर हामीले भनिरहेका छौं , अहिले निर्वाचन सम्पन्न गरौं त्यस पछि संशोधनमा गर्न सकिने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै