काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोश्रो खेल सोमबारका लागि सरेको छ ।
आज हुने भनिएको खेल सामुन्द्रि आधीका कारण सुरक्षाको कारणले भोलिका लागि सारिएको हङकङ्ग क्रिकेट एसोसियसनले जानकारी दिएको छ ।
हङकङ्ग क्रिकेट एसोसियसनको आधिकारिक ट्वीटर ह्याण्डलमा सो बारे जानकारी दिदै आइतबार हुने तय भएको खेल सामुद्री आँधीका कारण सोमबारका लागि सारिएको उल्लेख गरिएको छ ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।