• २०८१ बैशाख १६ आइतबार

ओलीले प्रधानमन्त्री देउवालाई सोधे- नयाँ मन्त्री कुस्ती खेल्न चाहियो ?

kharibot

काठमाडौँ । नेकपा एमालेका नेता अध्यक्ष केपी शर्मा ओलीले सरकार विस्तारको कडा विरोध गरेका छन् ।

संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ मन्त्री किन र के काम गर्न चाहियो भन्दै नयाँ मन्त्री कुस्ती खेल्न चाहियो भन्दै प्रश्न गरेका छन् ।

सरकारले चुनाव गराउने मात्र काम भएको सरकारले मन्त्री थप्ने तयारी गरेकोमा त्यसको विरोध गरेका छन् । ओलीले नयाँ मन्त्री कुस्ती खेल्न चाहियो भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेका छन् । निर्वाचन आयोगले निर्णय गरेर सरकारलाई पत्र लेख्दै मन्त्री थप्नु आचारसंहिता विपरित भएको भन्दा भन्दै पनि सरकार विस्तार भैरहनु दुर्भाग्यपूर्ण भएको बताए । 

कानुन बमोजिम नभएकोले मन्त्रीहरुलाई बधाई दिन पनि पाइएन भन्दै सरकार विस्तार प्रति व्यंग गरेका छन् । एमालेले सरकार विस्तारको विरोध गर्दै आपत्ति जनाएको छ । एमालेले राष्ट्रपतिलाई पनि सरकार विस्तार नियम विपरित भएको जानकारी गराएको र यसको एमालेले विरोध गर्ने जानकारी गराएको बताए । 

एमाले शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न गर्न एमाले सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै एमाले भोलि देखि देशको एक मात्र प्रमुख पार्टी रहेको बताए । एमालेले आचारसंहिताको उलंघन नगर्ने भन्दै कानुनी राज्यको सम्मान गर्न र राज्य संयन्त्रको दुरुपयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले देश र जनताको आवस्यकता अनुसार संबिधान संशोधन हुने भन्दै एमाले कुनै जाति र समुदायको विरोधमा नरहेको बताए । उनले संबिधान अनुसार संरचना निर्माण गर्ने दिशामा अगाडी बढेको भन्दै माघ ७ गतेभित्रको मिति भन्दा अगाडी नै आफ्ना काम सफलतापुर्वक समपन्न गरेको बताए ।

संबिधानलाई सबै हिसाबले समावेशी बनाएको भन्दै ओलीले यस अवधिमा ठुलो उपलब्धि हासिल गरेको बताए । आजबाट संसद्को अवधि सकिने भएकोले सरकार कामचलाउ हुने भएकाले सरकारको काम निर्वाचन गराउने मात्र भएको बताए ।

 
 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै