• २०८१ बैशाख १५ शनिबार

अन्तिम दिन सांसदहरुको फोटो सेसन (फोटो फिचर)

kharibot

तस्बिर : रासस

काठमाडौँ । व्यवस्थापिका संसदको अन्तिम दिन शनिबार संसद भवन नयाँ बानेश्वरमा सभामुख र प्रधानमन्त्रीसँग सांसदहरुले तस्विर खिचाएका छन् । 

संविधानको भाग–३३ संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९६ मा रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल २०७४ माघ ७ गतेसम्म कायम रहने उल्लेख छ । 

सोही धाराको प्रतिबन्धात्मक प्रावधानमा त्यस्तो कार्यकाल पूरा हुनुअगावै संविधानबमोजिमको प्रतिनिधिसभाको निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म संसद् कायम रहने प्रावधान उल्लेख छ । 

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भोलि आइतबार समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुने निर्वाचन तालिका भएकाले त्यसको अघिल्लो दिन आज राति १२ बजेदेखि नै संसद्को अवधि सकिन लागेको हो । सोही अनुसार आज देखि संसदको अन्त्य हुदै छ ।

सांसदहरुले फोटो सेसन यस्तो छ :

तस्बिर : रत्न श्रेष्ठ, रासस
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय