• २०८१ बैशाख १४ शुक्रबार

दैनिक दुई हजार म्यानमारका शरणार्थी बङ्गलादेश प्रवेश

kharibot

तस्बिर : रोयटर्स

जेनेभा । म्यानमारबाट अहिले पनि दैनिक दुई हजार म्यानमारका शरणार्थी बङ्गलादेश प्रवेश गरिरहेका छन् । 

म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको बङ्गलादेशको कोक्स् बजार हँुदै उनीहरु बङ्गलादेश प्रवेश गर्ने गरेका अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनले शुक्रबार जानकारी दिएको छ । 

सङ्गठनका प्रवक्ता जोएल मिलम्यानले गत अगस्तदेखि म्यानमारका शरणार्थी बङ्गलादेशमा प्रवेश गर्नेगरेकोमा अहिलेसम्म झण्डै पाँच लाख १५ हजार जना म्यानमारका शरणार्थीहरु बङ्गलादेशमा छिरिसकेका छन् । 

बङ्गलादेशको सरकारले म्यानमारका शरणार्थीलाई झण्डै एक हजार एकर्ड क्षेत्रफल रहेको जमिनमा राखेको थिए भने, गत सेप्टेम्बर १४ बाट अर्को इलाकामा अरु दुई हजार एकर्ड क्षेत्रफल उनीलाई राख्न मिल्ने बनाइएको छ । 

अहिले बङ्गलादेशले झण्डै सात लाख शरणार्थीलाई आश्रय दिन लागेकाले यो विश्वकै सबै भन्दा ठूलो शरणार्थी शिविर हुन सक्ने बताइएको छ । शरणार्थीहरुमध्ये झण्डै दुई लाख १८ हजार जनालाई यसअघि तत्काल पोषण खाद्य पदार्थ आवश्यकता थियो । 

सो खाद्य पदार्थको आवश्यकता भएका मध्ये पाँच बर्ष मुनिका बालबालिकाको संख्या मात्रै झण्डै एक लाख ४५ हजार रहेको छ । साथै हजारौँ गर्भवती र सुत्केरी महिलालाई पनि पोषणको अत्यावश्यकता देखिएको मिलम्यानले जानकारी दिनुभयो । 

अन्तरराष्ट्रिय आप्रवासी सङ्गठनले ती शरणार्थीहरुका लागि झण्डै तीन लाख १० हजार लिटर सफा पानी वितरण गरेको छ । तर त्यो पानी उनीहरुका लागि ‘समुद्रमा एक थोपा पानी’ जस्तो मात्रै भएको मिलम्यानले टिप्पणी गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै