• २०८१ बैशाख १७ सोमबार

पाँच अर्ब रुपैयाँको बिकास ऋणपत्र आईतबार 

kharibot

नेपाल राष्ट्र बैंक

काठमाडौँ, आगामी आईतबार नेपाल राष्ट्र बैैकले पाँच अर्ब रुपैयाँको बिकास ऋणपत्र जारी गर्ने भएको छ ।

राष्ट्र बैकले पाँच वर्ष अवधिको “विकास ऋणपत्र २०७९ घ” बोलकबोल प्रक्रियाद्वारा बिक्री गर्न लागेको हो । ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदिन दिन सक्नेछन । ऋणपत्र खरिदको लागि आईतबार अपरान्ह तीन बजेसम्म आवेदन दिनुपर्ने छ ।

ऋणपत्र धितो राखी कर्जा समेत लिन सकिने उक्त ऋणपत्रको जारी मिती २०७४ साउन २३ गते रहेको छ भने  सावाँ भुक्तानी हुने मिती २०७९ साउन २३ गते रहेको छ । खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्नेछन ।  राष्ट्र बैकका अनुसार प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात चार सय करोड र एक सय करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैकले जनाएको छ ।  

खरिदकर्ताहरुले घटीमा पचास हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु. पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सक्ने सो ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । राष्ट्र बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् ।

राष्ट्र बैकका अनुसार ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड मार्फत मात्र हुनेछ । 

  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै