• २०८१ बैशाख १५ शनिबार

पाठ्यपुस्तक नपाएपछि विद्यालयमा तालाबन्दी

kharibot

सल्यान जिल्ला

सल्यान, यहाँको एक विद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन् । 

दार्मा गाउँपालिका– ३ मा रहेको जनज्योति उच्च माध्यमिक विद्यालय फारुलाचौरका विद्यार्थीले शैक्षिकसत्र आधा बितिसक्दा पनि विद्यालयमा पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै तालाबन्दी गरेका हुन् । 

विद्यालय प्रशासनसँग पटकपटक आफ्ना माग सुनुवाइ नभएकाले विद्यालयमा ताला लगाइएको विद्यार्थी दलबहादुर दाहालले जानकारी दिए । विद्यालयमा स्वच्छ खानेपानी तथा शौचालय निर्माण तथा खेल सामग्रीतर्फ पनि प्रशासनको ध्यान नगएको विद्यार्थीको गुनासो छ । 

आफूहरुको माग सुनुवाइ नभए ताला नखोलिने दाहालले जानकारी दिनुभयो । विद्यालय प्रशासनले विद्यार्थीका जायज माग पुरा गर्न तयार रहेको बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै